काठमाडौं ।
काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिन नजिकै त्रिशूली नदीमा खस्दा पाँच
जनाको मृत्यु भएको छ।
आज बिहान सवा ७ बजेतिर
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज
४१९६ नम्बरको उक्त ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो ।
जिल्ला प्रहरी
कार्यालय चितवनका डीएसपी सूर्यबहादुर थापाका अनुसार दुर्घटना स्थलबाट पाँच जनाको
शव फेला परेको छ तर, परिचय खुलेको छैन ।
‘एक बालिकासहित दुइ
महिला र दुई पुरुषको शव भेटिएको छ,ट्याक्सीमा कतिजना
सवार थिए सो बारे हामी यकिन गर्दै छौं’ थापाले भने ।