बिर्तामाेड । लायन्स क्लब अफ स्मार्ट लेडीको बिर्तामाेडमा नयाँ नेतृत्व चयन भएकाे छ । 



लायन्सकाे २०२४/०२५ का लागि नयाँ कार्यसमिती चयन गरिएकाे हाे ! नवगठित समितिकाे अध्यक्षमा लायन मन्जु उप्रेती सचिव शीला भट्टराई बराल, कोषाध्यक्ष पुनम उप्रेती, प्रथम उपाध्यक्ष यसोदा उप्रेती, उपाध्यक्ष सरु भुर्तेल खनाल र गोमा खड्का निर्वाचित भएका छन् । समितिकाे काेषाध्यक्षमा पुनम उप्रेती घिमिरे चयन भएकाे बताइएकाे छ ।