बिर्तामोड । बिर्तामोडमा फेरि बेवारिसे शव फेला परेको छ । बिर्तामोड १ को बिर्तासिटि हस्पिटल मोडमा रहेको झाडिमा आइतबार दिउसो बेवारिसे शव फेला परेेको हो ।
प्रहरीका अनुसार अन्दाजी ४० /४५ बर्षको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान नभएको प्रहरीको भनाई छ । रातो सर्ट, निलो पाईन्ट लगाएको युवाको शव फेला परेको बताइएको छ ।
शवलाई कानुनी प्रक्रिया पूरा गरि पोष्टमार्टमका लागि प्रक्रिया शुरु गरिएको प्रहरीले जनाएको छ ।



















