बिर्तामोड ।  झापाको कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने भएको छ ।

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/ ०८२ को बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि २ करोड बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले जानकारी दिएका छन् ।

कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीयस्तरबाट माग हुँदै  आएको थियो । घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा रहेका छन् ।

बिद्युतीय शवदाह गृह निर्माणपछि वातावरण प्रदुषण नियन्त्रणमा आउने छ ।