धुलाबारी । शनिबार बिहान मेचीनगरमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुदा एकजनाको मृत्युु भएको छ । घटनामा दुईजना गम्भीर घाइते भएका छन् ।

मेचीनगर नगरपालिका वडा नम्वर-१५ लालझोडा स्थित  भित्रि सडक खण्डमा भद्रपुर बाट धुलाबारी तर्फ आउदै गरेको  प्रदेश १-०१-०१६ प ४१८  नम्बरको मोटरसाईकल आफै  अनियन्त्रित भई  दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तीन जना सवार मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा मेचीनगर नगरपालिका-१० का राजिव दनुवारको मृत्यु भएको हो ।  घटनामा सोही स्थानका अभिषेक राई र बिवेक दनुवार गम्भीर घाइते भएका छन् । उनीहरुको चिन्ताजनक अवस्थामा उपचार भईरहेको झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।