दमक । झापाको कमल गाउँपालिका-२ समयगढमा मंगलवार विहान चट्याङले लागेर एकजनाको मृत्यु भएको छ ।
बिहान ७ बजे घरबाट खेततर्फ जाँदै गर्दा ४६ बर्षिय राजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खड्कालाई विहान ७ बजे चट्याङले लागेर घाईते भएका थिए । उनलाई उपचारका लागि आम्दा अस्पताल दमक पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यसैगरी बिहान.८:४५ बजेको समयमा गौरीगंज गाउँपालिका वडा नं.३ ठेकिटोलामा बिकास गिरीको चट्याङ लागेर मृत्यु भएको छ ।
स्थानीय सिताराम दाहालको खेतबारीमा धानको बिउ उखाल्ने क्रममा गौरादह नगरपालिका वडा न. ८ बस्ने उनको चट्याङ लागेर मृत्यु भएको हो ।



















