भद्रपुर । झापाको कचनकवलमा बिषालु सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ ।

कचनकवल गाउँपालिका वडा न-३ गङ्गा बस्तीका हरि राजबन्शीको छोरी अन्दाजी १३ बर्षिय मनिसाको बिषालु सर्पले डसेर मृत्यु भएको हो ।

मंगलबार घरमा बसिरहेको समयमा उनलाई गोमन सर्पले टोकेको झापा प्रहरीले जनाएको छ । उनलाई बनियानीको सर्प दंस उपचार केन्द्रमा प्राथमिक उपचार गरिएको थिय‍ो ।

उनको अवस्था गम्भीर भएपछि थप उपचाारका लागि बिर्तामोड ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।