झापा । झापाको शिवसताक्षी नगरपालिका ३ साविक धरमपुर १ मा कमल नदी बस्तीमा पसेको छ । नदी बस्तीमा बस्दा छविलाल दाहाल, धनमाया दाहाल, फुलामाया दाहालको परिवार विस्थापित भएको छ ।
छविलाल र धनमाया दुई / दुई र फुलमायाको परिवारका चार जनालाई उद्दार गरी सुरक्षित स्थलमा सारिएको घटनास्थलमा रहेका स्थानीय विनोद ढकालले जानकारी दिए ।
ढकालले त्यहाँ अहिले नेपाल प्रहरीको टोली परिचालित भएको बताए । सयौँ बिघा जमिन डुबान भएको छ । नदीले कटान सुरु गरेको छ । बाढीको कटानले शिवसताक्षी ३ र ४ को सीमामा रहेको कमल पुललाई पनि क्षति पुर्याउन सक्ने सम्भावना बढेको छ ।



















