बिर्तामाेड । झापाकाे बिर्तामोडमा गएराती जंगली हात्तीले तीनवटा घर भत्काएकाे छ । हात्तीले बिर्तामाेड नगरपालिका-७ का भवानी सुनुवार, पाैडिया सन्थाल र रसाैदा खातुनकाे घर भत्काएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

सुनुवारको पक्की घेराबारा,टिनको छानो भएको १ तले घरको पश्चिम उत्तर तर्फको पर्खाल भत्काएको, सन्थालकाे टांटी घेराबारा, टिनको छानो भएको १ तले घरको दक्षिण तर्फबाट टाटी  र खातुनको टिनको गुम्टीको अगाडीको ढोका भत्काएको प्रहरीले जनाएकाे छ ।