बिर्तामोड । गौरीगञ्ज-१ को बनियानी खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा गौरीगञ्ज-१ झोलुङगे टोलका बेद बिकका १३ बर्षिय छोरा मिलन बिक रहेको वडाध्यक्ष कार्तितलाल राजवंशीले वताएका छन।
हिजो साँझ ६ बजे तिर साथीहरुसँग खोला तर्ने क्रममा बालकलाइ खोलाले बगाएको कुरा स्थानीयहरुले बताएका छन् ।
जनपद प्रहरी र सशस्त्र प्रहरी तथा स्थानियहरुको सहयोगमा खोलामा बालकको खोजी कार्य जारि रहेको र हाल सम्म पनी फेला नपरेको प्रहरीले जनाएको छ।



















