उर्लाबारी । मोरङको उर्लाबारीमा सोमबार साँझ टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

 उर्लाबारी-६ सिसौलि स्थित उर्लाबारी मधुमल्ला  सडक खण्डमा बागमती प्रदेश ०३-००१क १०९० नम्बरको टिफरले प्रदेश १-०१-०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिदा उर्लाबारी-६ बस्ने सीता बोहोराको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएकी बोहोराको मदन भण्डारी अस्पताल ट्रामा सेन्टर मंगलबारेमा उपचार हुँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा संलग्न टिपर चालक लाल बहादुर लिम्बु, टिपर र स्कुटर इप्रका उर्लाबारीको नियन्त्रणमा रहेको छ ।

घटनापछि मृतकका आफन्तले केही समय पुर्व पश्चिम राजमार्गको त्यस खण्ड अवरुद्ध गरेका थिए ।  उनिहरुले टायर बालि राजमार्ग अबरुद्ध पुर्याउदै इलाका प्रहरी कार्यालयमा ढुङ्गा मुडा समेत गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीबाट केहि सेल अस्रु ग्याससमेत प्रहार गरेको जनाइएको छ ।