बिर्तामोड ।  झापाको बिर्तामोडमा नहरमा डुबेर शनिबार दिउसो एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नम्बर १० इलामेली टोलका ३५ बर्षिय सुनिल मुर्मु छन् ।

झापा प्रहरीले शवको मुचुल्का गरेर पोष्टमार्टमको लागि पठाएको जनाएको छ ।  प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ ।