भद्रपुर । भद्रपुर नगरपालिकाकाे पृथ्वीनगरमा जङ्गली हात्तीले घर भत्काएर काेदाे खाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएराति साढे १२ बजे भद्रपुर नगरपालिका-१ रिमझिम टोलमा एउटा जङ्गली हात्तीले सोही ठाउँका गेलबहादुर भुजेलको भान्सा घरमा रहेको ५० केजी चामल, ८० केजी कोदो खाई अन्दाजी २५ हजार रुपैयाँ बराबरको क्षति गरेको छ । 

त्यस्तै तुलसी चौकका डम्बरबहादुर थापा क्षेत्रीको इँटाको वाल जस्ताको छानो भएको एक तले भुईँ घरको पश्चिम साइडको वाल भत्काएको र जस्ताको छानो भएको घर भत्काई भत्काउँदा ४० हजार बराबरको क्षति गरेको प्रहरीले जनाएको छ ।