बिर्तामाेड । झापाकाे बुद्धशान्ति-४ काे मंगलबारेमा अस्थायी प्रहरी चाैकी स्थापना भएकाे छ । प्रहरी चाैकीकाे आइतबार प्रतिनिधी सभाका सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा अस्थायी प्रहरी चाैकी स्थापना भएकाे हाे ।
त्यस क्षेत्रकाे शान्ति सुरक्षालाई ध्यानमा राखेर अस्थायी प्रहरी चाैकी स्थापना गर्ने निर्णय भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । मंगलबारेमा स्थापना भएकाे पाेष्टमा प्रहरी सहायक निरिक्षककाे नेतृत्वमा ४ जनाकाे सुरक्षा टाेली रहने जनाइएकाे छ ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्ताेला, प्रहरी प्रमुख मिलन केसी लगायतकाे उपस्थितीमा अस्थायी प्रहरी पाेष्ट स्थापना भएकाे घाेषणा गरिएकाे थियाे ।



















