अर्जुनधारा । इलामको माई नगरपालिका-९ मालबासेमा पहिरो जाँदा बिर्तामोड-इलाम सडक अवरुद्व भएको छ ।पहिरोका कारण त्यहाका तीनवटा घर जोखिममा परेका छन् ।
मालबाँसेका सुरज लिम्बू, सन्दिप लिम्बू र पदम योङहाङको परिवार पहिरोको जोखिममा परेको हो । उनीहरु आफन्तको घरमा आश्रय लिएर बसिरहेको प्रहरीले जनाएको छ ।
घटनामा कुनै मानवीय तथा चौपायाको क्षति भने भएको छैन । अहिले पहिरो पन्छाएर सडक सुचारु गर्ने तयारी भईरहेको जनाईएको छ ।



















