बिर्तामाेड ।बिर्तामोडको मेडिका हस्पिटल आजदेखि अर्जुनधारा नगरपालिका–६ पुल्चोकमा आफ्नै नयाँ भवनमा थप सेवा सहित सञ्चालनमा आएको छ।
अस्पतालका सञ्चालक हरिस चन्द्र बास्तोलाका अनुसार, यस नयाँ भवनमा अत्याधुनिक स्वास्थ्य सेवा सुविधाहरू उपलब्ध गराइएको छ, जसले बिरामीहरूको उपचारलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउनेछ।
नयाँ भवनमा जनरल वार्ड, विशेष उपचार कक्ष, आधुनिक उपकरणसहितको प्रयोगशाला, डिजिटल रेडियोलोजी, र आकस्मिक सेवाहरूको समेत विस्तार गरिएको छ। हस्पिटलले विशेषज्ञ चिकित्सकहरूको टोली मार्फत बिरामीहरूलाई विविध उपचार सेवा प्रदान गर्ने उद्देश्य राखेको छ।
सञ्चालक बास्तोलाले भने, "नयाँ भवनमा थपिएको सेवाले यहाँ सेवा लिन आउने बिरामीहरूलाई उत्कृष्ट उपचार अनुभव प्रदान गर्नेछ। यसले बिर्तामाेड, अर्जुनधारा क्षेत्र र वरपरका बासिन्दाहरूलाई स्वास्थ्य सेवामा सहजता र गुणस्तरमा सुधार ल्याउनेछ।"
स्थानीयहरूले पनि मेडिका हस्पिटलको यो कदमको स्वागत गरेका छन्। यसले स्थानीय स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।