बुद्वशान्ति । झापाकाे बुद्वशान्तिका ५५ बर्षीय सुशिला उप्रेती तिवारीले मेचीनगरबाट 'मेची-महाकाली बुलेट बाइक यात्रा' सुरु गरेकी छन् । 

तिवारीले विश्व शान्ति कामना सहितको मुल नारा र महिलाहरु पनि  हाम्रो समाजमा सक्षम छन भन्ने सन्देश दिन मेची महाकाली यात्रा गरेकाे बताएकी छन् । उनले नाती मनिष मैनालीकाे साथमा बाइक यात्रा गरेकी हुन् । उनले सुरु गरेकाे यात्रा भदाै १५ गते महाकालीमा पुगेर समापन हुने जनाइएकाे छ ।