काठमाण्ठौ । रामेछापमा पहिरोले ११ जना बेपत्ता बनाएको छ ।
आज बिहान रामेछापको दोरम्बा शैलुङ गाँउपालिका-३ लेकखर्क गाउँमा अबिरल बर्षा सँगै आएको पहिरोले ४ घर बगाउँदा उनीहरु बेपत्ता भएका हुन् ।
अहिलेसम्म घटनास्थलमा उद्दारटोली नपुगेको हुँदा क्षतिको बिवरण नआएको बुझिएको छ । घटनास्थलमा उद्दार टोली गईरहेको जनाईएको छ । पहिरोले अधेरीखोलाको पुल पनि बगाएको छ ।
घटनाबारे बिस्तृत बिवरण आउन बाँकी छ ।



















