बिर्तामोड । इलामकाे दानाबारीबाट विक्रीका लागि बिर्तामोडकाे कृषिथोक बजारमा ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको फेला परेको छ । बिर्तामाेडमा रहेकाे ल्यावमा परीक्षण गर्दा काँचाे केरामा बिषादीकाे मात्रा उच्च देखिएकाे हाे ।
विषादीको मात्रा उच्च देखिपछि साे केरालाई उपभोग गर्न अयोग्य भएको छ । आज विषादी अवशेष विश्लेषणका क्रममा काँचो केरामा उपभोग अयोग्य हुने अवस्थाकाे बिषादीकाे मात्रा फेला परेको हो । विषादीको मात्रा उच्च भएपछि केरा नष्ट गर्ने तयारी गरिएको छ । कतिपयले केही दिन राखेर पुनःपरीक्षण गर्न अनुराेध गरेका छन् ।
दानाबारीका कमल मगरले ल्याएको काँचो केरामा कार्वामेट ५३.१११० र अर्गानो फस्फेट ३२.४४२० प्रतिशत भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले जनाएको छ ।