ताप्लेजुङ । ताप्लेजुङको फक्तालुङ गाउँपालिका वडा नं २ मा पशु चौपायाले कोदो खाएको निउमा खुकुरी प्रहार हुँदा एकजना गम्भीर घाइते भएका छन्। 

गम्भीर घाइते उनको उपचारका लागि झापाको बिएनसी हस्पिटलतर्फ रेफर गरिएको छ। बाली खाएको निउमा फक्तालुङ २ लिङ्खिमका गोपाल लिम्बुले इन्द्रबहादुर लिम्बुमाथि खुकुरी प्रहार गरेका थिए। 

टाउकोमा खुकुरी प्रहार गरिएका कारण इन्द्रबहादुर गम्भीर घाइते भएका छन्। उनको स्थानीय क्लिनिकमा सामान्य उपचार गरेपछि झापाको बिएनसी हस्पिटलतर्फ रेफर गरिएको छ। 

खुकुरी प्रहार गरेर फरार भएका गोपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। धकेला धकेलका क्रममा सामान्य घाइते भएका उनको प्राथमिक उपचार गरी प्रहरीले नियन्त्रणमा राखेको छ।