दमक । झापाको गौरीगञ्जमा रहेको किष्णे खोलाले बगाएर बेपत्ता भएका गौरीगञ्ज-२ कोरोबारीका ६० वर्षीय महेश्वर न्यौपाने मृत भेटिएका छन् । न्याैपानेसँगै यस सिजनमा आएकाे बाढीबाट किष्णे खाेलामा मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ । 

न्यौपानेको शव आज बिहान ७ः३० बजे सोही खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हिजो बिहान भैँसी बाँध्न जाँदा उनलाई खोलाले बगाएको थियो । साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनलाई खोलाले बगाएको आशंका गरी खोजी सुरु गरिएको थियो ।

हुलाकी सडकअन्तर्गत कृष्णे खोला पुलनजिकै उनी भैँसी बाध्न गएका थिए । जनपद र सशस्त्र प्रहरीको सहयोगमा उनको खोजी भएको थियो ।