बिर्तामाेड । नेपाल र भारतमा खेलकुदका पाेषाक तथा सामग्री बिक्री गर्दै आएकाे केटिएम सिटीले झापाकाे बिर्तामाेडमा नयाँ शाेरुम सञ्चालनमा ल्याएकाे छ । नेपालमा उत्पादन तथा बिभिन्न स्थानमा शाेरुम स्थापना गरेर कपडा बिक्री गर्दै आएकाे केटिएमले पूर्वकाे व्यापारिक हब बिर्तामाेडमा शाेरुम सञ्चालनमा ल्याएकाे हाे ।

शाेरुमकाे बिर्तामाेड उद्याेग वाणिज्य संघका अध्यक्ष राजु न्याैपानेले एक समाराेहकाबिच उद्घाटन गरेका छन् । व्यवसायी मनाेज सिटाैला र बिशाल भण्डारीकाे २ कराेडकाे लगानीमा शाेरुम सञ्चालनमा आएकाे बताइएकाे छ ।
सुलभ मुल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउँदै आएकाे केटिएमकाे काठमाण्डाै उपत्याकामा १४ वटा शाेरुम सञ्चालनमा छन् । उपत्याका बाहिर चितवन, बिर्तामोड दमक, सोलुखुम्बु र पोखरामा शाेरुम सञ्चालनमा रहेकाे जानकारी सिटाैलाले दिएका छन् ।

भारतमा समेत केटिएमले सेवा बिस्तार गरेकाे छ । भारतकाे दार्जिलिङ, सिक्किम, कालिम्पोङ र देहरादुनको मसुरीमा केटिएमकाे क्याजुएल र स्पोर्टस सामग्री उपलब्ध हुने उनले बताए । भारतीय ग्राहकलेसमेत कम्पनीकाे उत्पादन रुचाएकाे शाेरुमका अर्का सञ्चालक बिशाल भण्डारीले जानकारी दिए ।
काेशी प्रदेशका लागि झापाकाे गाैरिगञ्जमा उद्याेग स्थापना गरेर उत्पादन सुरु गरेकाे कपनीले जनाएकाे छ । गाैरिगञ्जबाट एथिकाे ब्राण्डकाे रनिङ सुज उत्पादन भइरहेकाे छ । निकट भविष्यमा सबै प्रकारका सामग्री उत्पादन गर्ने लक्ष्य राखिएकाे कम्पनीले जनाएकाे छ ।
'माेजादेखि टाेपीसम्म' नारासहित सबै प्रकारका सामग्री उपलब्ध गराउँदै आएकाे कम्पनीले १९० देखि २ हजार ३९० रुपैयाँसम्मका उत्पादन बजारमा ल्याएकाे छ । बिर्तामाेडकाे शाेरुम उद्घाटनकाे अवसरमा १० प्रतिशत छुट र एउटा आकर्षक टि-सर्ट उपलब्ध गराउने सिटाैलाले जानकारी दिएका छन् ।




















