बिर्तामाेड । पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि मुक्का प्रहार गरेकाे अभियाेगमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शिवसताक्षी–११ का भक्तबहादुर कटवाल र कन्काई–३ का पृथ्वी श्रेष्ठ रहेका छन् । कटवाल नेपाल बिद्युत प्राधिकरणका ज्यालादारी कर्मचारी हुने भने श्रेष्ठ दाेस्राे तहका कार्यारत रहेका छन् ।
नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा जामुनखाडिमा उनीमाथि मुक्का प्रहार भएको थियाे । बा १ झ ६५३ नम्बरको गाडीमा आउँदै गरेका थापामाथि बा १ झ १८७० मा सवार उनीहरुले ओभरटेक गर्न खाेजेकाे अभियाेगमा थापामाथि मुक्का प्रहार गरेको बुझिएको छ ।
बिर्तामाेडमा सामान्य उपचारपछि थापा घर फर्केका छन् । उनकाे निधारमा चाेट लागेकाे उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । प्रहरीले पक्राउ परेकामाथि अनुसंधान सुरु गरेकाे जनाएकाे छ ।
थापामाथि भएको सांघातिक आक्रमणको नेपाली काँग्रेसले निन्दा गरेको छ ।

















