बिर्तामोड । अखिल क्रान्तिकारीले शनिश्चरे बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । तोकिएको समयभन्दा पछाडि उम्मेद्वारी मनोनयन गर्न दिएको भन्दै क्रान्तिकारीले क्याम्पस प्रशासनमा तालाबन्दी गरेको हो ।
आसन्न स्ववियु निर्वाचनका लागि मनोनयन दर्ताको समय विपरीत निर्वाचन समितिले मनोनयन गरेको भन्दै अखिल क्रान्तिकारीका विद्यार्थीहरुले तालाबन्दी गरेको छ ।
मनोनयन दर्ताका लागि मङ्गलबार २ बजे सम्मको समय तोकिए पनि निर्वाचन समितिले नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलको उम्मेदवारी २ बजे पछाडि दर्ता गरेको भन्दै उनीहरूले क्याम्पसको प्रशासनिक भवनमा तालाबन्दी गरेका हुन् । तालाबन्दी पश्चात् शनिश्चरेमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।
समस्या समाधानको लागि अहिले छलफल बस्ने तयारी गरिरहेको बुझिएको छ ।