बिर्तामोड । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले बिर्तामोडमा टाटाको नयाँ तीनवटा इभिहरू लन्च गरेको छ। यस अवसरमा टाटाको हालै नेपालमा लन्च भएका लोकप्रिय गाडीहरू कर्भ इभि, नेक्सन के ३ इभि, र टियागो इभि २०२५ झापामा लञ्च भएको छ। 

अर्जुनधारा नगरपालिकाका मेयर  बलदेव गोम्देनको प्रमुख आतिथ्यतामा एकैपटक टाटा कम्पनीका तीनवटा ईभी सार्वजनिक भएको हो । कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र टाटा मोटर्सका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथान को उपस्थिति रहेको थियो। 

ईभी लञ्च कार्यक्रममा बोल्दै सिजापतीले कर्भ इभि आकर्षक डिजाइन, प्रिमियम फिल, उत्कृष्ट सुरक्षा फिचर, र नेपाली सडकका लागि उपयुक्त भएकोले यो गाडी प्रिमियम एसयूभी खोज्ने ग्राहकहरूको पहिलो  रोजाई बन्ने  दावी गरेका छन् ।  नेक्सन के ३ इभिले ठूलो ब्याट्री क्षमता भएका कारण लामो दूरी तय गर्ने सुविधा दिने उनले बताए।  टियागो इभि २०२५ मोडेल नंया लुक्स, नंया सुविधाहरू तर पुरानै मूल्यमा आएको उनले जानकारी दिए । अब ग्राहकहरूले आफ्नो बजेट र आवश्यकताको आधारमा टाटाको ईभी गाडीहरू  रोज्न सक्ने उनको भनाई थियो।

अलास्का अटोमोबाइल्सका प्रबन्ध निर्देशक प्रकाश शिवाकोटीले टाटा मोटर्सको आधुनिक र प्रिमियम गाडीहरू लन्च गर्न पाउँदा खुसी लागेको बताए । उनले यी गाडीहरूले बजारमा ठूलो प्रभाव पार्ने विश्वास व्यक्त गरे।  

टाटा मोटर्सका कन्ट्री म्यानेजर प्रसन्न रंगनाथानले टाटा मोटर्सले ग्राहकहरूलाई स्टाइलिश र प्रिमियम गाडीहरू प्रदान गर्दै आएको बताए। सिप्रदी ट्रेडिङ्गले ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न पूर्ण तत्परता देखाएको उनले यी नयाँ इभिहरूले ग्राहकहरूको मन जित्नेमा बिश्वास रहेको बताए । 

कार्यक्रममा  ४ जना खरिदकर्तालाई नयाँ गाडीहरूको चाबी हस्तान्तरण गरिएको थियो। बिर्तामोडका ग्राहकहरूले अलास्का अटोमोबाइल्समा गएर कर्भ इभि, नेक्सन के ३ इभि, र  टियागो इभि २०२५ को टेस्ट ड्राइभ गर्न पाउने व्यवस्था गरेको बताइएको छ । 

टाटा मोटर्सले नेपाली बजारमा आफ्नो उच्च गुणस्तर र विश्वसनीयताको छाप छोड्दै आएको छ। यसपटक लन्च भएका नयाँ इभिहरूले पनि ग्राहकहरूको आकांक्षा पूरा गर्ने अपेक्षा राखिएको छ ।  बिर्तामाेडमा अलास्का अटाेमाेवाइल्सले टाटा कप्पनीका ईभीकाे बिक्री गर्ने जिम्मा पाएकाे छ ।