झापा । नेकपा एमालेले कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने झापाका शिवाकाेटीसहित ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने भएको छ ।
एमालेले पार्टीका पुराना झापाली नेता हरिचरण सिवाकोटीसहित ७ जनालाई सम्मानित गर्ने भएकाे हाे ।सोमबार बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको छ । शिवाकाेटी राष्ट्रियसभाका पूर्व सदस्य हुन् ।
शिवाकाेटीसहित सम्मानित हुनेमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बाचस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ) र सत्य नारायण मण्डल (सप्तरी) रहेका छन् ।



















