झापा । भारतको सर्वाेच्च अदालतले अस्पतालबाट नवजात शिशु चोरी भएमा अस्पतालको लाइसेन्स खारेज गर्न निर्देशन गरेको छ । दिल्ली तथा उत्तर प्रदेशमा अस्पतालबाट नवजात शिशु चोरी हुने क्रम बढेपछि अदालतको सर्वाेच्चको यस्तो आदेश आएको हो । 

नवजात शिशुहरूको तस्करी गर्ने गिरोह सक्रिय रहेको भन्दै अस्पतालले सुरक्षाको प्रवन्ध बलियो बनाउनु पर्ने अदालतको आदेश छ । नवजात शिशु चोरी गर्ने गिरोहबारे बिभिन्न घटनासँग सम्बन्धित समाचारको बारेमा जानकारी लिँदै अदालतले यो टिप्पणी गरेको हो ।

सर्वाेच्च अदालतले उत्तर प्रदेशमा बाल बेचबिखनको घटना र दिल्लीमा यो गिरोह पक्राउ परेको संदर्भ उठाउँदै यस सम्बन्धमा दिल्ली प्रहरीबाट स्थिति अनुसन्धान प्रतिवेदन पनि मागेको छ । अदालतले दिल्ली भित्र र बाहिर सक्रिय त्यस्ता बालबालिका चोरी गर्ने गिरोह नियन्त्रण गर्न निर्देशन दिएको  भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।