बिर्तामोड । बर्षासँगै चलेको हावाहुरीले रकम अपचलनका कारण बन्द भएको दमकको तुलसी सहकारी संस्थाको भवनसहितका संरचनामा क्षति पुर्याएको छ ।

दमक नगरपालिका-९ मा रहेको संस्थाको भवनको अगाडिको सम्पुर्ण सिशा फुटी झरेको हो । भवनको सिसाले लागेर  सोही भवन अगाडी पार्क गरी राखेको मे १ ज २०३० नम्बरको बोलेरो गाडीको अगाडिको सिशा फुटेको, बनेट समेत कुच्चीएर क्षति भएको छ ।

सोही भवनको माथी लगाएको ट्रस्ट समेत हावाले उडाई सोही स्थानका कमला पोखरेल भट्टराईले संचालन गरेको दाजु भाई पसलको छानोमा झरेर क्षति भएको  प्रहरीले जनाएको छ ।

यसैगरी हावा हुरी संगै आएको पानीले दमक-४ अडियामल स्थित अडियामलबाट आम्दा अस्पताल निस्कने भित्री सडक खण्डमा रहेको ७ वटा बिजुलीको पोल ढलेको छ ।