शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण सम्बन्धी ब कार्यक्रम भएको छ । 

अर्जुनधारा नगरपालिका सामाजिक विकास शाखाको आयोजनामा आज (बुधवार) सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम भएको हो । 

अर्जुनधारा नगर सामाजिक विकास समितिको अध्यक्षतामा भएको कार्यक्रममा नगरका उप–प्रमुख खड्गमाया पराजुलीको आतिथ्यता रहेको थियो । 

कार्यक्रमको औचित्यमाथि प्रकाश तथा स्वागत प्रमुख प्रशासकीय अधिकृत तीलचन रिमालले गरेको अन्तरक्रिया कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा प्रहरी सहायक निरिक्षक प्रदीप आले मगरले गरेका थिए । 

कार्यक्रमको सहजीकरण गर्दै प्रहरी सहायक निरिक्षक मगरले लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारमा अर्जुनधारा नगर झापाका १५ पालिका मध्ये तेस्रो नम्बरमा रहेको जानकारी दिएका थिए । उनका अनुसार पहिलो बिर्तामोड र दोस्रोमा मेचीनगर हो । 

कार्यक्रममा दशिझोडा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष देवराज बुढाथोकी, खुदुनाबारी सानाकिसान कृषि सहकारीका उपाध्यक्ष विष्णुलाल ढकाल, च्यारिटी युथ क्लवका प्रतिनिधि विष्णुप्रसाद खतिवडा, जलेश्वर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष पुनम सुवेदी, शनिश्चरे प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक नेत्रप्रसाद चम्लागाई, कार्यपालिका सदस्य विमाला रोक्कालगायतले आ–आफ्ना भनाई राखेको नगरकी उद्यम विकास सहजकर्ता सुलोचना भट्टराईले जानकारी दिइन् । कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखाकी कर्मचारी पुष्पा पौडेलले गरेकी थिइन् ।