बिर्तामोड । झापाको बिर्तामोडमा एकजना भारतीय नागरिक मृत फेला परेका छन् ।
आज बिहान बिर्तामोड-६ सुभ बिहानी टोलमा सरोज लावतीले संचालन गरेको सुँगुर फर्ममा एक भारतीय मृत फेला परेका हुन् ।
सो फर्ममा काम गर्ने भारतको सिक्किम घर बताउने बर्ष अन्दाजी ६५ को डम्बर बहादुर मगर फर्म भित्रै ओछ्यानमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतकको आफन्तहरु भारतको सिक्किम मै बसोबास रहेका छन् । प्रहरीले मृतकका आफन्तसँग सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ ।



















