बिर्तामाेड । झापाको कन्काई नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन् ।

शिवसताक्षी ११ घर भई हाल कन्काई ४ मा बस्दै आएका ६० वर्षका चन्द्र शिवाकोटीको शव पूर्वपश्चिम राजमार्गको दक्षिणपट्टि फेला परेकाे हाे । आज बिहान ५.३० बजेतिर उनी बाटो किनारमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । अविवाहित शिवाकोटीले रंग राेगनकाे काम गर्दै आएका थिए । उनले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको बताइएको छ ।