बिर्तामाेड । हिडेन ट्रेजरले आयाेजना गरेकाे मिस नेपाल २०२५ मा प्रतिष्पर्धी झापाकाे अर्जुनधारा-१ की दिपशीखा नेपाललाई विजयी बनाउन यहाँका स्थानीयले अभियान सुरु गरेका छन् । 

प्रतियाेगिताकाे कुल १०० प्रतिशतमध्ये १० प्रतिशत भाेट सामाजिक सञ्जालकाे लाइक, कमेन्ट र शेयरलाई दिइने प्रावधान छ । यसका अतिरिक्त एसएमएस भाेटिङ मार्फत मन परेकाे प्रतियाेगिलाई चयन गर्न सकिन्छ । 

साेही प्रक्रियाकाे चरणमा रहेकाले स्थानीयले एसएमएस भाेटिङ गर्न, मिस नेपालकाे आधिकारिक फेसबुक, टिकटक तथा इन्स्टाग्राममा गएर ७ नम्बरमा रहेकी नेपालकाे पेजमा लाइक, कमेन्ट र शेयर गरिदिन अनुराेध गरेका छन् । 

अर्जुनधाराकाे सिंह देवि माबि, बुद्वशान्तिकाे ज्योती माबिमा प्राथमिक शिक्षा लिएकी उनले अर्जुनधाराकै रुपरत्न बोर्डिङ स्कुलबाट एसइइ उत्तिर्ण गरेकी थिइन् । नेपालले बिर्तामाेडकाे देबी माबीबाट १२ कक्षा सकाएपछि काठमाडौकाे त्रिचन्द्र कलेजबाट बिज्ञान बिषय लिएर स्नातक तह उत्तिर्ण गरेकी छन । उनी हाल जलवायु परिबर्तन अनुसन्धान कर्ता को रुपमा काम गरिरहेकी छन् । 

युबा अभियान्ता को रुपमा उनी जलवायु न्याय र बाल अधिकारको क्षेत्रमा सेभ द चिल्ड्रेन र नेप्लिज युथ फर क्लाइमेट एक्सन जस्ता सस्था सग काम गर्दै युवा र महिलाले नेतृत्व गरिरहेको परियोजनाहरु  सन्चालन गरिरहेकी छन ।

दिपशीखा अहिले युथ इन्नाेभेसन ल्याव मार्फत जलवायु परिबर्तनका कारण हुने क्षती तथा हानी र बिपद जोखिम संचार सम्बन्धी अनुसन्धानरत परियोजना हरुको नेतृत्व गरिरहेको अर्जुनधारा नगरपालिका-१ का अध्यक्ष उपेन्द्र बस्नेतले जानकारी दिए । बिश्व नै अहिले जलवायु संकटसँग जुधिरहेका समयमा नेपाली समुदायमा यसबारे सचेतना फैलाउन उनी सक्रिय रहेकाे बस्नेत बताउँछन् । 

बस्नेतले आइतबार वडा कार्यालयमा पत्रकार सम्मेलन गरेर बहुमुखी प्रतिभाकाे धनी दिपशीखालाई बिजयी बनाउन सम्पूर्ण झापावासीसँग आग्रह गरेका छन् । उनले अर्जुनधाराकाे गहनाका रुपमा मिस नेपाल जस्ताे महत्वपूर्ण प्रतियाेगिताकाे फाइनल स्पर्धामा दिपशीखा पुग्न सफल भएकाे भन्दै झापावासीले उनलाई सम्मान गरेर भाेट गरिदिने बिश्वास व्यक्त गरेका छन् ।