अर्जुनधारा । झापाको अर्जुनधारा-१ सिस्नेमा जिल्ला स्तरीय खुल्ला कराँँते प्रतियोगिता आयोजना हुने भएको छ । असोज ११ गते आयोजना हुने प्ररतियोगितामा झापा जिल्लाका २५० खेलाडी सहभागी हुने छन् ।
सिस्ने कराँते डोजोको आयोजनामा हुन लागेको प्रतियोगिताको दोस्रो संस्करण हो । प्रतियोगिता संयोजक तथा वडा सदस्य मदन लिमेलका अनुसार प्रतियोगिता सम्पन्न गर्न ४ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताबाट बचत भएको रकमले सिस्ने डोजोको सञ्चालनका लागि फण्ड निर्माण गरिने जनाइएको छ ।
कराते महासंघ झापाका महासचिव तथा सितेरियो कराते संघका उपाध्यक्ष जीवन राईले प्रतियोगितामा २० केजीदेखि २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजीमाथिको तौल समुहमा प्रतिष्पर्धा गराइने छ । एकै दिन समापन हुने प्रतियोगिता भएका कारण तीनवटा स्थानमा प्रतिष्पर्धा गर्ने व्यवस्था मिलाईने छ ।
राईका अनुसार प्रतियोगितामा जिल्लाका २५ वटा डोजोका खेलाडी सहभागी हुन्छन ।
कार्यक्रममा अर्जुनधारा नगरपालिका-१ का वडाध्यक्ष उपेन्द्र बस्नेतले प्रतियोगिताका लागि वडा कार्यालयले उचित सहयोग गर्ने प्रतिबद्धता जनाए । यस्तै स्थानीय अग्रज रामबहादुर निरौलाले सिस्ने क्षेत्रको गौरव मानेर प्रतियोगितालाई सहयोग गर्ने बताए ।
आयोजक सिस्ने कराँते डोजोका प्रमुख मथुरा तामाङले प्रतियोगिता भब्य रुपमा सम्पन्न गर्न यथासक्य सहयोगको अपेक्षा गरिएको बताईन ।
पत्रकार सम्मेलनकै अवसरमा शनिश्चरेकाे अर्जुनधारा ज्वेलर्सका सञ्चालक सुर्य लाेहारले महिला र पुरुष दुबै बिधाका बिजेतालाई नगर पुरस्कार प्रायाेजन गर्ने घाेषणा गरेका थिए ।




















