अर्जुनधारा । अर्जुनधारा नगर खेेलकुुद विकास समितिले खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।

१५ ओैं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा नगरपालिकालाई जिल्लामा प्रथम बनाउन सफल खेलाडी, प्रशिक्षक र अफिसियललाई नगदसहित सम्मान गरिएको हो ।
गत माघ १२ गतेदेखि फागुन २५ गतेसम्म आयोजना भएको राष्ट्रपति रनिङ शिल्डमा अर्जुनधाराले १५;वटा स्वर्ण, १२ वटा कास्य र १२ वटा रजत पदक हात पारेको थियो । जिल्लामा प्रथम भएको नगरले खेलाडीलाई सम्मान गरेको छ ।
एथलेटिक्स, मार्सल आर्ट, कवडी र भलिबल खेलमा अर्जुनधाराले प्रथम स्थान हासिल गरेको हो । यो समेत गरेर अर्जुनधारा नगरपालिकाले तेस्रो पटक जिल्लामा प्रथम भएको छ । लगातार तेस्रो पटक प्रथम भएको नगरपालिकाले प्राप्त गरेको रनिङ शिल्ड फिर्ता गर्नु पर्दैन ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख बलदेबसिंह गोम्देनले खेलकुद अतिरिक्त क्षेत्र नभएर अनिवार्य विषय भएको बताए । उनले बालबालिकाको रोजाई अनुसार खेलकुद र शिक्षा क्षेत्र छनौट गरेर अघि बढ्ने वातावरणमा बनाउनु पर्ने धारणा राखे । उनले मुलुक चिनाउने माध्यम खेलकुद भएको बताउँदै खेल खेलेरै व्यवसायिक करियर बनाउन सुझाव दिए ।
नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य तिलक योञ्जनले स्वागत गरेका थिए ।



















