बिर्तामोड । जेनजी आन्दोलनका क्ररमा झापाको बिर्तामोड र दमकमा १२ जना आन्दोलनकारी घाइते भएका छन् ।

घाइते सबैको अहिले झापा, मोरङ र सुनसरीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा झापाको कमल गापा-५ बस्ने बर्ष ३० को प्रकाश भट्टराई, दमक नपा-३ बस्ने बर्ष २० को भुपेन्द्र खडका, गौरिगंज गापा-१ बस्ने बर्ष २० को सागर हेमरम, दमक नपा-१ बस्ने बर्ष १८ को अभिसेक चेम्जोङ रहेका छन् ।

यसैगरी शिवसताक्षी नपा-११ बस्ने बर्ष १८ को युनिस दाहाल, ईलामको चुलाचुली गापा-३ बस्ने बर्ष २४ को साईन राई, कमल गापा-५ बस्ने बर्ष १९ को अविनाश राई, दमक नपा-१० बस्ने बर्ष १७ को औसन रिमाल रहेका छन् ।

यस्तै बिर्तामोड नपा-५ बस्ने बर्ष अ.३३ को प्रदिप खरेल र बर्ष अ.१६ को संदेश गिरी अश्रूग्यासको धुवाले घाइते, भएका छन् ।