अर्जुनधारा । हालै सम्पन्न जेनजी समूहको आन्दोलनका क्रममा आगलागी हुँदा पूर्ण रूपमा ध्वस्त भएको नेपाली कांग्रेस अर्जुनधारा नगर समिति कार्यालयमा आज सरसफाइ कार्य सम्पन्न गरिएको छ।

पार्टीका क्षेत्रीय प्रतिनिधि कुमार भट्टराईका अनुसार आन्दोलनका क्रममा भएको क्षतिको बाबजुद कार्यकर्ता स्वयम् उपस्थित भई कार्यालय सफा गरेका हुन्।

'हामीले पार्टीको अस्तित्व जोगाउन सबै मिलेर सुरुवात गरेका छौं, भट्टराईले भने-' अराजक समूहकाे शिकार हाम्राे पार्टी कार्यालय भएकाेमा दुख लागेकाे छ ।' उनकै अग्रसरतामा फर्निचरका सामग्री खरिद गर्ने कार्यको पनि सुरुवात गरिएको जनाइएकाे छ।

प्रहरीले हालसम्म आन्दोलनमा संलग्न अराजक समूहको पहिचान तथा अनुसन्धान जारी राखेको बताएको छ । कार्यालय पूर्ण रूपमा नष्ट भए पनि कार्यकर्ताहरूको उत्साह कम नभएको देखिएको छ।