बिर्तामोड । झापाका इन्टरलक कङ्क्रिट उद्योग व्यवसायीले नेपाल गुणस्तर (एनएस) चिन्हका नाममा सिण्डिकेट खडा गरेर राज्यकोषमा ब्रम्हलुट गरिरहेको आरोप लगाएका छन् ।
नीतिगत तहबाटै 'निश्चित मापदण्डको सामग्री मात्र प्रयोग गर्ने' भनेर व्युरोक्रेसी समेतको मिलेमतोमा राज्यकोष दुरुपयोग गरिरहेको आरोप उनीहरूले लगाएका छन् ।
'एनएस गुणस्तरको नाममा हामीमथि अन्याय भइरहेको छ, जनता पनि विकास निर्माणको काममा ठगिदै छन,- झापा जिल्ला इन्टरलक कङ्क्रिट उद्योग व्यवसायी संघका अध्यक्ष टिकाराम अधिकारीले भने-'एनएस प्रउोग गरेर १०० मिटर बन्ने सडक हामी २०० देखि २५० मिटर बनाउन सक्छौ ।' ल्यावमा लगेर परिक्षण गरिएको खण्डमा एनएस गुणस्तर प्राप्त गरेको भन्दा बलियो ब्लक निर्माण गर्ने दावी साना उद्योगीको छ ।

निर्माणको एक बर्षमै चिरा परेको एनएस ब्लक
'हामी ८ बर्षको ग्यनरेन्टी र त्यसपछिका अरु बर्व वारेन्टी दिएर काम गर्छौं- अधिकारीले भने-'भारबहन क्षमता नचाहिने स्थानमा पनि त्यहि ब्लक प्रयोग गर्न लगाएर राज्यकोष दुरुपयोग गर्ने काम भइरहेको छ । सरकारी कार्यालयले अन्य ब्लक प्रयोग गरेर गरिएको निर्माणको भुक्तानी गर्न अनेक समस्या खडा गरिदिन्छ ।'
धेरै लोड बोकेर सवारी चल्ने सडकमा एम-३० देखि माथिका ब्लक प्रयोग गरिन्छ । तर, बिद्यालयको पार्किङ, साईकल लेन, एकाघर पुग्ने सडक, खेल मैदान, फुटपाथमा समेत झापामा एम-४० का ब्लक प्रयोग भएका छन् । एम-२० र ३० मा प्रति स्क्वायर फिटमा २५ देखि ५० रुपैया मुल्यमा फरक पर्ने व्यवसायी दावी छ ।

यतिसानो फुटपाथमा पनि एम-४० ब्लक प्रयोग गरियो
संघका उपाध्यक्ष झमकबहादुर गौतमले राज्यले नै साना तथा मझौला व्यवसायीलाई बिस्थापित गर्ने नीति लिएको आरोप लगाउँछन ।
'कोशी प्रदेशमा एक मात्र एनएस मान्यता प्राप्त उद्योग छ, राज्यबाट हुने निर्माणमा त्यसको एकाधिकार छ, गौतमले भने-'नीति निर्माण तहदेखि कर्मचारीसम्मको मिलेमतोमा यहाँ एकाधिकार खडा गरिएको छ । उनले ठूलो आर्थिक चलखेलका कारण जिल्लाका ५० ओैं व्यवसायीले व्यवसाय सञ्चालन गर्न कठिन बनाइएको आरोप लगाए ।
अनावश्यक स्थानमा पनि एनएसको नाममा ठुलो रकम खर्च भइरहेकोले राज्यको व्ययभार कम गराउन एनएस प्रयोग गर्नुपर्ने बाध्यकारी अवस्था अन्त्य गर्न उनले अनुरोध गरेका छन् । कोशी प्रदेशबाट बिनियोजित रकमले ठेक्का खुल्दै 'एनएस ब्लक प्रयोग गर्ने' भनेर खुलाउने गरेको प्रति नागरिकस्तरबाट आवाज उठ्नुपर्ने उनले बताए ।
बिर्तामोडमा धराप थापेजस्ता खाल्डा : मर्मतमा छैन ध्यान

यस्ता खाडलले दुर्घटनाको जोखिम बढेको छ
ब्लक निर्माण गरेर संरचना बनाउँदा ५ बर्षे ग्यारेन्टी हुन्छ। बिर्तामोडमा धराप थापेजस्ता ठुला खाडल छन । ती स्थानमा मर्मत नगर्दा दुर्घटनाको जोखिम बढेको छ ।
बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईले स्थानीय उपभोक्ता तथा टोल विकास संस्थाले निर्माण कम्पनीलाई भत्किएको स्थानको बारेमा जानकारी दिएको खण्डमा कम्पनीले आएर मर्मत गरिदिने बताईन् । तर निर्माण कम्पनी अर्जुनधाराको बिल्डकन ईण्डष्ट्रिजले हालसम्म मर्मतमा चासो नदेखाएको स्थानीयको भनाई छ ।
कतिवय ब्लकहरु एक बर्षमै फुटेका छन् । त्यहा ठुला खाडल परेर हिडडुलमा सकस छ, एक स्थानीयले भने-'गुणस्तरीय ब्लक भनेर नगरपालिका र हामीले ६०/४० लगानीमा ब्लक बिछ्यायौं, यतिछिट्टै कुरुप भयो । उनले पटक-पटक मर्मतको लागि कम्पनीलाई आग्रह गर्दा पनि अटेर गरेको बताए ।
एनएस लिन सकिँदन:व्यवसायी
साना उद्योगीले गुणस्तरीय सामग्री उत्पादन गरेपनि एनएस चिन्ह लिनै नसक्ने दावी गरेका छन् । उनीहरुले एनएस लिने नाममा झन डरलाग्दो आर्थिक चलखेल हुने आरोप लगाएका छन् । यहाँ एनएस गुणस्तर मापदण्ड होइन, अर्को कार्यालयले पनि घुस खाने बैधानिक लाइसेन्स हो । करोडौं रकम खर्च गरेर एनएस लिनुभन्दा व्यवसाय बन्द गर्ने उनीहरूको भनाई छ ।



















