बिर्तामोड । जेनजी आन्दोलनमा लुटिएको ठूलो परिणाममा हतियार दमकमा फेला परेको छ ।

आज साँझ ५ बजे दमक नगरपालिका-१ बुद्ध टोल स्थित रतुवा खोला किनारको काँसघारीमा बेबारिसे अवस्थामा हतियार र गोली गठ्ठा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फेला परेका हतिउारमा म्याग्जिन सहितको ईन्सास  २ थान, म्याग्जिन नभएको ईन्सास १ थान, ईन्सासको गोली २० थान, एसएलआरको गोली ५ थान, ३०३ राइफलको गोली १३४ थान र गोली राख्ने बिन्दुली ३ थान फेला परेको छ ।

स्थानीयले हात हतियार फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । खिया लागेको अवस्थाका उक्त हातहतियार तथा गोलीगठ्ठाहरु रितपूर्वक बरामद गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ ।