झापा । माेरङ प्रहरीले विराटनगरका दुई क्यासिनोबाट आइतबार मध्यरातमा २० जना नेपालीलाई पक्राउ गरेको छ ।

क्यासिनोमा नेपाली नागरिक प्रवेश निषेध छ । विराटनगरमा ती क्यासिनोमा नेपालीको आउजाउ सहज थियो । जसका कारण पटक-पटक झगडा भएको विषय पनि बाहिर आएको थियो ।आइतबार बिग होटलभित्र सञ्चालनमा रहेको च्याम्पियन जोन क्यासिनो र रत्ना होटल भित्र सञ्चालनमा रहेको गोल्डेन क्यासिनोमा प्रहरीले छापा मारेको थियो ।

छापा मार्ने क्रममा रत्ना होटलको क्यासिनोबाट १४ जना र बिग होटलको क्यासिनोबाट ६ जना नेपालीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएकाे छ। पक्राउ पर्नेमा गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतमसहित २० जना नेपाली छन् । प्रहरीले पक्राउ परेकाहरू विरुद्ध जुवा ऐन अन्तर्गत मुद्दा  चलाउने तयारी गरेको छ ।