बिर्तामोड । आफुलाई घुमुवा प्रहरी भन्दै होटल सञ्चालकसँग रकम माग गर्ने एकजना बिर्तामोडबाट पक्राउ परेका छन् ।

हिजो राती साढे-८ बजेको समयमा बिर्तामोड-३ मेची आँखा अस्पताल अगाडिको आसाम होटल एण्ड लजका संचालकसँग जवरजस्ती रकम माग गर्ने एकजना पक्राउ परेका हुन् ।

होटल सञ्चालक बिकास गिरीले घुमुवा प्रहरीको नाममा एकजनाले रकम माग गरिरहेको जानकारी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा कन्काई-३ बस्ने उत्सव बास्तोला रहेका छन् ।

उनले इलाका प्रहरी कार्यालय ईटहरीको घुमुवा प्रहरी भन्दै गिरीसँग ५ हजार रुपैयाँ मागेको अभियोग लागेको छ । वाँस्तोलालाई इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याएर अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।