बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिद्वारा आयोजित छैटौं वडा स्तरीय नकआउट फुटबल प्रतियोगितामा वडा न १० विजयी भएको छ । 

वडा न १० ले वडा न २ लाई ५-० गोल अन्तरले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । पहिलो सेमिफाइनलमा वडा न १० ले वडा न ७ को सामना गर्ने छ । 

बिर्तामोड-१० को जितमा विकेश लिम्बुले ह्याट्रिक पूरा गरे । सुजन लिम्बु र आदित्य गुरुङले टिमका लागि समान एक गोल थपे । 

खेलको प्लेयर अफ द म्याच बिर्तामोड-१० का विकेश लिम्बू भए । उनले नगद १ हजार ५०० रुपैया पुरस्कार पाए । 

बुधबारको अन्तिम क्वाटरफाइनल खेल बिर्तामोड-वडा न १ र ५ बीच हुने आयोजकले जनाएको छ ।

भेट्रान्स फुटबल प्रतियोगितामा बिर्तामोड-१० सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड-१० ले २ लाई २-० गोल अन्तरले हरायो । 

बिर्तामोड-१० का लागि दुवै गोल नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व सदस्य तथा हालका राष्ट्रिय प्रशिक्षक प्रवेश कटवालले गरे । पहिलो हाफमा पेनाल्टी मार्फत गोल गरेका कटवालले दोस्रो हाफमा अर्को गोल थपेका थिए । 

राष्ट्रिय टिमका अर्का पुर्व सदस्य दिलेन लोक्तामसमेतको उपस्थितिमा वडा न १० ले २ माथि निरन्तर दवाव दिएको थियो । 

खेलको प्लेयर अब द म्याच बिजेता टिमका प्रवेस कटवाल भए । उनले नगद १ हजार ५ सय रुपैया पुरस्कार पाए । भेट्रान्स अन्तरगतको बुधबार अन्तिम क्वाटरफाइनल खेल बिर्तामोड-१ र ५ बीच हुनेछ ।