विर्तामोड । झापामा लामो समयदेखि मोटर चोरीमा संलग्न दुईजनालाई प्रहरीले अर्जुनधाराबाट पक्राउ गरेको छ ।

अर्जुनधारा-६ बिहानी टोलका मोहमद उसिम मुदिलको घरमा डेरा गरेर बस्दै आएका दुईजना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अर्जुनधारा-६ स्थित करिम आलमको घरमा कोठा भाडा लिएर बस्दै आएको कोठामा साइकल, मोवाइल, मोटरसाइकल, फलामको पाइप, पानी तान्ने मोटर लगायतका समानहरु फेला परेको हो ।
प्रहरीले भारतको विहारस्थित किसगंज घर बताउने ३५ बर्षकी खतिजा वेगम र २३ बर्षका मोहम्मद रज्जाकलाई सामानसहित नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले उनीहरूको कोठाबाट ९ वटा साइकल, फलामको पाईपको ट्क्राहरु-४७ वटा, स्पोक सहितको ट्यार रिङ-६ थान, रिङ मात्र थान-१, फलामको रड थान-१८, २५ थान मोटर, गाडी धुने पम्प थान-१, मोटरको फलामको रोटर थान- ६, ग्यास इन्डेक्सन चुलो थान -१ र मोटर साइकलको मोटरगार्ड, सकप र टि सहितको थान-१ बरामद गरेको जनाएको छ ।
यसैगरी, वल्डिङ मेसिनको कभर थान-१, रेडि वाटरको भित्रको जालि थान-२, पेन्चिस/पिलास थान-२, एलङकि पिलास थान-३, हेम्वर थान-१ र कालो साउण्ड वक्स थान-४ बरामद भएको छ ।
यस्तै सामसुङ कम्पनीको ट्याब १ थान, नक्कली जस्तो देखिने भारतीय नोट १०० दरको थान -९५, मोवाइल ५ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, प्रदेश नं. १-०१-०१५ प ९३४४ नम्बरको मोटर साइकल र त्यसको बिलबुकसमेत बरामद भएको छ । प्रहरीले उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडमा राखेर अनुसन्धान अघि बढाएको जनाएको छ ।



















