बिर्तामोड । बिर्तामोडमा मध्यरातसम्म सञ्चालन गर्ने दुईवटा बारका कर्मचारी पक्राउ परेका छन् ।

आज राती साढे १२ बजेसम्म सञ्चालन भईरहेको अवस्थामा बिर्तामोडमा सञ्चालित द नाइट लाइफ र डिडब्लु बारका दुईजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले डिडब्लु बारका कर्मचारी मेचीनगर-२ बस्ने संगित राजवँशी र द नाइट लाइफ बारका कर्मचारी सप्तरीको गोलबजार-१ का युगल चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी सहायक निरिक्षक रबिन खडकाको टोलीले उनीहरुलाइ नियन्त्रणमा लिएको जनाइएको छ ।