झापा । झापामा चार्जमा राखेको मोबाइल चोरेको अभियोगमा तीनजनामाथि कुटपिट भएको छ । स्थानीयको कुटपिटबाट चोरीमा संलग्न अभियुक्त घाइते भएका छन् ।

दमक-३ बेलडाँगीका माला मगरले संचालन गरेको होटलमा आएर खाजा खाने ग्राहकको चार्जमा राखेको मोबाइल उनीहरुले चोरी गरेको आरोप लागेको छ ।

स्थानीयले चोरीमा संग्लन अरुण मगरको घरमा जेब्रा भित्र लुकाई राखेको अबस्थामा मोबाइल भेटेपछि स्थानियले कुटपिट गरेका थिए ।

स्थानीयले मगरसहित दमक-२ भाङबारीका अभिषेक राई र दमक-३ बेलडाँगीका अमित राईलाई पक्राउ गरेर प्रहरी समक्ष बुझाएका छन् ।