झापा । दमकको एक थुक्पा फ्याक्ट्रीमा आज बिहान आगलागी भएको छ । दमक नगरपालिका-९ क्याम्पस मोडकाे थुक्पा फ्याक्ट्रीमा आगलागी भएकाे हाे ।
पदम भण्डारीले आफ्नै तीनतले पक्की घरको पहिलो तलामा संचालन गर्दै आएको स्वस्तिक थुक्पा फ्याक्ट्रीमा विद्युत सट भएर आगलागी भएको हो ।
सशस्त्र प्रहरी, जनपथ प्रहरी, स्थानीयवासी दमक नगरपालिका, कमल गाउँपालिका, उर्लाबारी नगरपालिका, गौरादह नगरपालिकासहितको ४ वटा दमकलको संयुक्त प्रयासमा उक्त आगलागी डेढ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको छ ।



















