झापा । सोलुखुम्बुको दुधकोशी गा.पा.-६  घुरुन्दु नयाँपानी स्थीत भित्रि सडक खण्डमा सवारी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

वाकुचोक बाट वरोदी रोचम तर्फ जादै गरेको बिएडी- ७७४२ नं बोलेरो सडकबाट करिब १०० मिटर तल झरेको थियो ।

दुर्घटनामा चालक सहित बोलेरोमा सवार -९ जना यात्रु घाइते भएका छन्नि । उनीहरक‍‍ो स्थानीय स्वास्थ्य चौकीमा उपचार भएरहेको छ ।

घटनामा परेर गम्भीर घाइते हुनेहरुमा गाडीको चालक सोलुखुम्बुको माप्य दुधकोशी-५ काकु  बस्ने प्रदीप राई, सोही स्थानकी कुशुम राई, बलराम राईको र देबेन्द्र राई रहेका छन् ।

यसैगरी सुरेश राई , मनोज राई, सदिप राई घाईते भएका छन् । दुर्घटनामा परेकी देविका राई र सबिना राई भने डिस्चार्ज भएका छन् ।