झापा । काठमाण्डाैबाट झापा आउँदै गरेकाे टाटा सुमाेमा ठुलाे परिमाणमा अमेरिकी डलर बरामद भएकाे छ । डलरसँगै झापाकाे मेचीनगर-३ बस्ने युवराज नेवारलाई प्रहरीले पक्राउ गरेकाे छ ।
बा १६ च ८०४८ नम्बरको टाटा सुमोमा सवार नेवारलाई सिन्धुलीकाे गोलन्जोर-७ माथिल्लो बजार स्थित प्रहरी चेकपोष्ट अगाडिबाट नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
उनले बाेकेकाे कालो झोलामा श्रोत नखुलेको अमेरिकी डलर १०० को नोट ५७० वटा गरी जम्मा;-५७ हजार र नेपाली रु.१ हजार दरको नोट १२ वटा गरी १२ हजार फेला पारिएकाे छ । डलरकाे नेपाली मुल्य ८२ लाखभन्दा बढी हुन्छ ।
प्रहरीले सुमाेसहित उनलाई नियन्त्रणमा लिएर अनुसंधान अघि बढाएकाे जनाएकाे छ ।



















