बिर्तामोड । बुद्वशान्ति-३ मा स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् ।

हिजो साँझ मेची राजमार्गको ७ नम्बर चोकमा बुधबारेबाट चारआली तर्फ जादै गरेको मे.१० प. ३९१८ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा स्कुटर चालक इलामको इलाम नगरपालिका-७ घर भई हाल झापाको मेचीनगर-१२ बस्ने डिकेन्द्र खत्री घाईते भएका थिए ।

उनको टाउको, अनुहारमा र शरिरको बिभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनको बिर्तामोडमा गम्भीर अवस्थामा उपचार भइरहेको जनाइएको छ ।