बिर्तामोड । अर्जुनधाराको क्षितिज महिला सुधार गृहमा एक महिलाको मृत्यु भएको छ ।

अर्जुनधारा नगरपालिका-११ मा रहेको क्षितिज महिला बिकाश सुधार केन्द्रमा फागुन ३ गतेबाट राखिएकी शिवसताक्षी नगरपालिका-१० माईधार बस्ने बर्ष-३२ की सुष्मा लिम्बुको मृत्यु भएको हो ।

अत्याधिक मादक पदार्थ सेवन गर्ने लिम्बूलाई आफन्तले सुधार केन्द्रमा राखेका थिए ।

अचानक पेट दुखेर उपचारको लागि अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए ।