झापा । ताप्लेजुङकाे पाथीभरा मन्दिरमा एकजना दर्शनार्थी हराएका छन् । मन्दिर दर्शन गर्न गएका दर्शनार्थी शाैचालय जाँदा बेपत्ता भएका हुन् ।
हिजाे बेलुका ६ बजेको समयमा फुङलिङ नगरपालिका -११ स्थित पाथीभरा मन्दिर परिसरमा नाम, थर, ठेगाना नखुलेको करिब ६० वर्षको जस्ताे देखिने तथा दौरा सरुवाल कोट लगाएको कान नसुन्ने व्यक्ति पाथीभरा मन्दिर परिसर मा दर्शन गर्न गएका थिए । उनले मन्दिरका पुजारी लाई शाैचालय कता छ भनेर सोधे पछि पुजारीले देखाइदिएकाे प्रहरीलाई उनले बताएका छन् ।
धेरै समय सम्म शाैचालयबाट नफर्किए पछि मन्दिर का कर्मचारी तथा सशस्त्र प्रहरी बल खाेजी कार्य सुरु गरेकाे छ । उनको एउटा झोला माथिल्लो फेदि स्थित एक होटलमा रहेको झोला खोलेर हेर्दा परिचय खुल्ने कुनै कागजात नभएको प्रहरीले जनाएकाे छ ।
उनले हाेटलमासमेत आफ्नाे विवरण नलेखेकाे बताइएकाे छ ।



















